अष्ट्रेलिया ५० रनले विजयी, सिरिज २-२ काे अवस्थामा

न्यूजिल्याण्ड र अष्ट्रेलियाविचको पाँच खेलको टी २० सिरिजको छिनोफानो अन्तिम खेलमा हुने भएको छ । चौथो खेलमा अष्ट्रेलिया ५० रनले विजयी भएपछि उपाधिको टुंगो अन्तिम खेलमा लाग्ने भएको हो ।

विलिङटनमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५६ रन बनायो ।

राम्रो सुरुवात गर्न नसकेको अष्ट्रेलियाले १८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ४२ रनमा दोस्रो विकेट खेर फालेको उसले ६८ रन बनाउँदा तेस्रो विकेट झार्न पुग्यो ।

अष्ट्रेलियाका मध्यक्रमका खेलाडीविच राम्रो साझेदारी हुन सकेन । उसले ९७ रन बनाउँदा पाँच विकेट गुमाएको थियो ।

उसका लागि म्याथ्यु वाडेले १४ रन बनाए भने जोस फिलिपेले १३, ग्लेन म्याक्सवेलले १८ रन बनाउँदा मार्कुस स्टोनिसले १९ रनको योगदान गरे ।

यस्तै एस्टोन अगरले खाता खोल्न नसक्दा मिचेल मार्स ६ रनमा पेभेलियन फर्किए ।

उसका लागि कप्तान आरोन फिन्चले अविजित ७९ रन बनायो । उनले ५५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा मात्र २६ रन जोडेका थिए । उनले टी २० क्रिकेटमा एक सय छक्का पनि पुरा गरेका छन ।

बलिङमा इस सोधीले तीन तथा ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

जवाफमा घरेलु टिम न्यूजिल्याण्ड १८ ओभर ५ बलमा एक सय ६ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको न्यूजिल्याण्डले २१ रनमा पहिलो विकेट गुमाएको थियो । उसका मध्य क्रमका खेलाडी एकपछि अर्को गरि आउट हुँदा न्यूजिल्याण्डले ८० रनमा आठ विकेट गुमाएको थियो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

न्यूजिल्याण्डका ओपनर मार्टिन गुप्टिल सात रनमा आउट भए भने कप्तान केन विलियम्सनले मात्र ८ रन बनाए । यस्तै ग्लेन फिलिप्स एक, जेम्स निसाम र मिचेल सान्तानेर तीन तीन रनमा बाहिरीए । टिम साउथी ६ रनमा पेभेलियन फर्किएपछि न्यूजिल्याण्डको हार पक्का भयो ।

उसका लागि टिम सिफेर्टले१९ रन बनाउँदा डेभोन कोनवेले १७ रन बनाए । यस्तै केली जिमिसनले सर्वाधिक ३० रन रन बनाए । बलिङमा अष्ट्रेलियाका केन रिचार्डसनले तीन तथा एडम जाम्पा र ग्लेन म्याक्सवेलले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest