आर्मीले एपीएफ क्लवलाई दुई सय ३६ रनको लक्ष्य

मेयर कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले एपीएफ क्लवलाई दुई सय ३६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मी ४९ ओभर पाँच बलमा दुई सय ३५ रनमा अलआउट भयो । बलियो सुरुवात गरेको आर्मीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेको थियो ।

पहिलो विकेटका लागि सोमपाल कामी र लोकेश बमले ६१ रनको साझेदारी गरेका थिए । पहिलो पटक टिमको ओपनिङ गर्न आएका सोमपालले २८ रन बनाए । उनी आर्मीका लागि पहिलो पटक ओपनिङ गर्न आएका हुन ।

सुरुवात बलियो गरेपनि आर्मीले विचमा दुई विकेट सस्तैमा गुमायो । जसका कारण उसको स्कोर ९४ रन हुँदा तीन विकेट झरेको थियो । लोकेश बमले ३० रन बनाए भने भिम शार्कीले १८ रन जोडे ।

कप्तान विनोद भण्डारी र रोहित पौडेलविच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएपछि आर्मी बलियो स्थितीमा पुगेको थियो । विनोदले ४२ रन बनाए भने रोहितले अर्धशतकीय पारी खेले । उनले ५६ रनको योगदान गरे । त्यसपछ िकुशल मल्ल ११ रनमा आउट भए भने राजेश पुलामीले १७ रन बनाए ।

बलिङमा एपीएफका अभिनाश बाेहाेराले तीन तथा भुवन कार्की र अमर रौटेलाले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest