चौथो टेष्टमा भारत एक इनिङ र २५ रनले विजयी

इंग्ल्याण्डविरुद्धको चौथो टेष्टमा भारत एक इनिङ र २५ रनले विजयी भएको छ । जितसँगै भारतले चार टेष्टको सिरिज तीन एकले जितेको छ ।

अहमदावादमा भएको खेलमा इंग्ल्याण्ड पहिलो पारीमा दुई सय पाँच रनमा अलआउट भयाे । अहमदावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्ड ७५ ओभर ५ बलमा दुई सय पाँच रनमा अलआउट भयो ।

खराव सुरुवात गरेको इंग्ल्याण्डले १५ रन बनाउँदा दुई विकेट गुमाएको थियो । उसका दुबै ओपनर सस्तैमा आउट भए । जसमा ज्याक क्राउली नौ तथा डोम सिब्ले दुई रनमा आउट भए । यस्तै कप्तान जोय रुटपनि पाँच रनमा आउट भएपछि इंग्ल्याण्डले ३० रनमा तीन विकेट खेर फाल्यो ।

स्पिनरलाई साथ दिने पिचमा इंग्ल्याण्डका लागि डान लरेन्सले ४६ रन बनाए भने बेन स्टोकले सर्वाधिक ५५ रन बनाए । यस्तै ओली पोपले २९ तथा जेम्स एन्डरसनले १० रनको योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्याण्डको पहिलो पारीलाई सस्तैमा समेट्न अक्सर पटेलले चार तथा रविचन्द्रन आश्विनले तीन विकेट लिए । यस्तै मोहम्मद सिराजले दुई विकेट हात पारे ।

पहिलाे पारीमा भारतले तीन सय ६५ रन बनायो । उसका लागि रिसब पन्तले एक सय एक रन बनाए भने वासिंटन सुन्दरले ९६ रनको योगदान गरे । यस्तै रोहित शर्माले ४९ रन बनाउँदा अक्सर पटेलले ४३ रन जोडे । यस्तै अजिन्क्या राहाणेले २७ रन बनाए ।

दोस्रो पारीमा इंग्ल्याण्ड मात्र २ सय पाँच रनमा अलआउट भयो । जसका कारण भारत एक इनिङ र रनले विजयी भयो । इंग्ल्याण्डका लागि बेन स्टोकले ५५ रन बनाथा ओली फिलिप्सले २९ रन बनाउँदा डान लरेन्सले ४६ रनको योगदान गरे । यस्तै जोनी ब्रेस्टोले २८ रन थपे । तर अरु खेलाडी एकपछि अर्को गरि आउट भए ।

बलिङमा अक्सर पटेलले चार तथा रविचन्द्रन आश्विनले तीन र मोहम्मद सिराजले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest