अष्ट्रेलियाविरूद्धकाे टी-२० सिरिज न्यूजिल्याण्डकाे पक्षमा

अस्ट्रेलियाविरुद्धको टी २० सिरिज न्युजिल्याण्डले जितेको छ । पाँचौ टी २० जित्दै न्युजिल्याण्डले सिरिज ३–२ ले जितेको हो ।

विलिङटनमा आइतबार विहान अस्ट्रेलियाले दिएको १४३ रनको लक्ष्य न्युजिल्याण्डले मात्र ३ विकेट गुमाएर २७ बल बाँकी छदैं पुरा गरेको थियो । न्युजिल्याण्डको जितमा मार्टिन गप्टिलले ७१ रनको पारि खेले ।

४६ बल फेस गरेका गप्टिलले सात चौका र छ छक्का प्रहार गरे । डिभोन कनवे ३६ रनमा आउट हुँदा ग्लेन फिलिप्स ३४ रनमा नटआउट रहेका थिए । अस्ट्रेलियाका रेलि मेडिथले दुई विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो । अस्ट्रेलियाका लागि म्याथ्यु वेडले सर्वाधिक ४४ रन बनाउँदा कप्तान आरोन फिन्चले ३६ रनको योगदान गरे ।

मार्कस स्टोनिसले २६ तथा मिचेल मार्सले १० रन जोड्दा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । न्युजिल्याण्डका लागि इश सोडीले तीन विकेट लिँदा टिम साउथी र ट्रेन्ट बोल्टले दुई दुई विकेट लिए ।

न्युजिल्याण्डले शुरुका दुई टी २० जित्दै सिरिजमा २–० को अग्रता बनाएको थियो ।

तर, अस्ट्रेलियाले लगातार दुई खेल जित्दै सिरिज २–२ को बराबरी गरेपछि सिरिजको छिनोफानो पाँचौं टी २० बाट लागेको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest