दिपेन्द्रकाे घरेलु क्रिकेटमा पहिलाे शतक

काठमाडौं मेयर कप एकदिवसय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसका खेलाडी दिपेन्द्रसिंह ऐरीले शतक बनाएका छन ।

जारी प्रतियोगितामा शतक बनाउने दिपेन्द्र पहिलो खेलाडी बनेका छन ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि चौथो नम्वरमा ब्याटिङमा आएका दिपेन्द्रले टिमका लागि संयमित हुँदै शतक बनाए ।

८० बलमा अर्धशतक बनाएका दिपेन्द्रले एक सय २० बलमा आठ चौका र तीन छक्काको मद्दतले शतक बनाए । उनले ९९ रनमा हुँदा अभिनाश बाेहाेराकाे बलमा छक्का प्रहार गर्दै शतक बनाएका हुन ।

टिमको पारी सम्हाल्ने क्रममा उनले पवन सराफ र सुनील धमलासँग राम्रो साझेदारी पनि गरेका थिए ।

धमलासँग उनले ५९ रनको साझेदारी गरे भने पवनसँग ७० रनको साझेदारी गरेका थिए ।

उनले पुलिसका लागि र घरेलु क्रिकेटमा पहिलाे शतक हाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest