पुलिसले एपीएफसामु २५९ रनकाे लक्ष्य, दिपेन्द्रकाे शतक

दिपेन्द्रसिंह ऐरीको शतकको मद्दतले नेपाल पुलिस क्लवले काठमाडौं मेयर कप एकदिवसिय क्रिकेटमा एपीएफ क्लवलाई दुई सय ५९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ५८ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको पुलिसले २२ रन बनाउँदा दुई विकेट गुमाए । उसका कुशल भुर्तेल १० रनमा आउट भए भने अमित श्रेष्ठ एक रनमा आउट भए ।

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र सुनील धमलाले ५९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर धमला ३३ रनमा आउट भएपछि पुलिसले ८१ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि मञ्जित श्रेष्ठ तीन रनमा आउट हुँदा पुलिस केहि दबावमा परेको थियो ।

तर पाँचौं विकेटका लागि पवन सराफ र ऐरीले ७० रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । पवनले ३५ रन बनाए । यस्तै अनिल शाहले १८ रनको योगदान गरे ।

पुलिसका लागि ऐरीले एक सय ४० रनको योगदान गरे । उनले एक सय ३१बलमा ११ चौका र ६ छक्का प्रहार गरे । बलिङमा शरद भेषवाकरले तीन तथा भुवन कार्कीले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest