मेयर ११ ले बागमतीसामु २४५ रनकाे लक्ष्य

काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगितामा सन्दिप लामिछानेको कप्तानीमा रहेको मेयर ११ टिमले बागमती प्रदेशलाई दुई सय ४५ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर ११ टिमले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ४४ रन बनायो । राम्रो सुरुवात गर्न सकेन ।

१६ रनमा पहिलो विकेट गुमाएको उसले ३७ रन बनाउँदा चार विकेट खेर फाल्यो । उसका सुरुवाती खेलाडी सस्तैमा आउट भए । ओपनर हरिशंकर शाह ६ रनमा आउट भए भने अर्जुन कुमालले आठ रन मात्र बनाए । यस्तै विपिन रावल ११ रनमा पेभेलियन फर्किए ।

त्यसपछि कृष्ण कार्कीले खाता खोल्न नसक्दा विवेक यादव मात्र एक रनमा आउट भए । जसका कारण मेयर ११ ले ४३ रनमा पाँचौ विकेट गुमायो ।

तर छैटौं विकेटका लागि सन्दिप रजाइली र सिद्धान्त लोहनीले ७१ रनको साझेदारी गर्दा टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर लोहनी ३४ रनमा आउट भए । त्यसपछि सन्दिप रजाईलीपनि ३३ रनमा आउट हुँदा मेयर ११ ले एक सय १९ रनमा सातौं विकेट गुमायो ।

आठौं विकेटका लागि कप्तान लामिछाने र सौरभ खनालले ५७ रनको साझेदारी गर्दा टिमलाई सम्हाले । जसमा सन्दिपले २० बलमा विस्फोटक ४२ रन बनाए । उनले ६ छक्का प्रहार गरे ।

अन्तिममा सौरभ खनाल र विपिन क्षेत्रीलाई टिमका लागि ६० रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए । सौरभले अविजीत ४९ रन बनाए भने विपिनले ३२ रनको योगदान गरे ।
बलिङमा नन्दन यादवले चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest