एपीएफकाे मेयर कपमा लगातार दाेस्राे जित

काठमाडौं मेयर कप क्रिकेटमा उपाधि दावेदार टिम एपीएफले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा आर्मीलाई हराएको एपीएफले आज नेपाल पुलिस क्लवलाई एक विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ५८ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको पुलिसले २२ रन बनाउँदा दुई विकेट गुमाए । उसका कुशल भुर्तेल १० रनमा आउट भए भने अमित श्रेष्ठ एक रनमा आउट भए ।

तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र सुनील धमलाले ५९ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर धमला ३३ रनमा आउट भएपछि पुलिसले ८१ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि मञ्जित श्रेष्ठ तीन रनमा आउट हुँदा पुलिस केहि दबावमा परेको थियो ।

तर पाँचौं विकेटका लागि पवन सराफ र ऐरीले ७० रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । पवनले ३५ रन बनाए । यस्तै अनिल शाहले १८ रनको योगदान गरे । पुलिसका लागि ऐरीले एक सय ४० रनको योगदान गरे । उनले एक सय ३१ बलमा ११ चौका र ६ छक्का प्रहार गरे । बलिङमा शरद भेषवाकरले तीन तथा भुवन कार्कीले दुई विकेट लिए ।

जवाफमा एपीएफले अन्तिम बलमा नाै विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरेको थियो । एपीएफको स्कोरबोर्डमा एक सय ६६ रन हुँदा चार विकेट झरेको थियो । उसका लागि आसिफ शेखले ४२ रन बनाए भने प्रदिप ऐरीले पाँच रन बनाए ।

एपीएफका लागि शुवास खकुरेलले अर्धशतकीय पारी खेले । उनले ७९ बलमा ५० रन बनाए आउट भए । यस्तै कमल ऐरीले १४ रनको योगदान गरे भने सन्दिप जोराले ६१ रन बनाए । उनले ६५ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । अन्तिममा सुमित महर्जनले ३३ तथा घाइते भएका शरदले अन्तिम बलमा छक्का प्हार गर्दै टिमलाई जित दिलाए ।

बलिङमा पुलिसका पवन सराफले पाँच तथा योगेन्द्रसिंह कार्कीले दुई विकेट लिए । प्रतियोगितामा पुलिसको यो पहिलो हार हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest