मेयर ११ ले आर्मीलाई एक सय ५६ रनको लक्ष्य

काठमाडौं मेयर कप क्रिकेटमा सन्दिप लामिछानेको कप्तानीमा रहेको मेयर ११ ले विभागिए टिम त्रिभुवन आर्मीलाई एक सय ५६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको मेयर एघार ४२ ओभर एक बलमा एक सय ५५ रनमा अलआउट भयो । मध्यम सुरुवात गरेको मेयर ११ ले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेको थियो ।

तर त्यसपछि उसले तीन विकेट सस्तैमा गुमायो । उसका ओपनर हरीशंकर शाह १८ रनमा आउट भएपछि मेयर ११ का विपिन रावल ६, खड्का बोहोरा १९ र सिद्धान्त लोहनीले खाता खोल्न सकेनन् । जसका कारण मयेर ११ ले ६५ रनमा चार विकेट गुमायो ।

पाँचौं विकेटका लागि सौरभ खनाल र सन्दिप रजाइलीले ६६ रनको साझेदारी गर्दै टिमलाई केहि सम्हालेका थिए । तर सौरभ ४२ रनमा आउट भएपछि काठमाडौंले एक सय ३१ रनमा पाँचौं विकेट गुमायो । त्यसपछि उसले लगातार विकेट गुमाउन पुग्यो ।

जसका कारण अन्तिममा एक सय ५५ रनमा अलआउट भयो । उसका कृष्ण रिजाल, नारायण जोशी, विपिन खत्रीले खाता खोल्न सकेनन् । सन्दिप लामिछानेले १३ रन बनाए ।

बलिङमा साहब आलमले चार विकेट लिए भने जितेन्द्र मुखियाले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest