इपीएलकाे सहप्रायाेजक सेभेन

नेपालमा आगामी सेप्टेम्बर २५ देखि अक्टोबर नौ तारिखसम्म हुने एभरेष्ट प्रिमियर लिगलाई सह प्रायोजकका रुपमा भारतको स्पोर्टस सामाग्री उत्पादक कम्पनी सेभेन भित्रिएको छ ।

एभरेष्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तर र सेभेनका बजार प्रबन्धक प्रमुख अरुण पाण्डेविच आज सम्झौता पत्रमा हस्ताक्षर गरेका छन । सम्झाैता रकमका बारेमा भने खुलाइएकाे छैन ।

सो कम्पनीले इपीएलमा सहभागि ६ वटै टिमको किट्स, ड्रेस उपलब्ध गराउने भएको छ । रिथी समुह अन्तर्गत रहेको सेभेन कम्पनी पहिलो पटक नेपाली क्रिकेटमा भित्रिएको हो ।

नेपालमा पनि आफ्नो बजार बिस्तार गर्ने लक्ष्यका साथ सो कम्पनीले इपीएलसँग पहिलो सहकार्य गर्न लागेको हो । यसका साथै सो कम्पनीले आगामी दुई बर्षमा काठमाडौंमा तीन वटा आउटलेटपनि खोल्ने भएको छ । भविष्यमा त्यसलाई बढाएर १४ वटा पुर्याउने योजना कम्पनीको रहेको छ ।

इपीएलको प्रबन्ध निर्देशक अख्तरले मल्टिनेशनल कम्पनीसँग साझेदार हुन पाउँदा खुसी लागेको र यसले प्रतियोगिताको उचाई झन बढ्ने बताए । सन् २०१६ मा स्थापना भएको सेभेन कम्पनी विभिन्न देशमा आफ्नो शाखाहरु विस्तार गर्ने क्रममा रहेको छ ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest