बागमती प्रदेशले एपीएफलाई दुई सय ३४ रनको लक्ष्य

काठमाडौं मेयर कप क्रिकेटमा बागमती प्रदेशले विभागिए टिम एपीएफ क्लवलाई दुई सय ३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले ५० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ३३ रन बनाए ।

राम्रो सुरुवात गर्न नसकेको बागमतीले १० रनमा पहिलो विकेट गुमायो । त्यसपछि ५९ रनमा दोस्रो विकेट गुमाएको बागमतीले एक सय सात रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि उनको स्कोर एक सय ३९ रन बनाउँदा बागमतीले पाँच विकेट गुमायो ।

बागमतीका लागि आकाश थापाले एक रन बनाए भने पारस खड्का २९ रनमा आउट भए । यस्तै कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनले ५७ रनको योगदान गरे ।

त्यसपछि क्रिजमा आएका पृथुु बास्कोटा मात्र पाँच रनमा आउट भए । त्यसपछि इशान पाण्डे ३१ रनमा आउट हुन पुगे ।

बागमतीका लागि नन्दन यादवले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ६० रनको योगदान गरे । बलिङमा किशोर महतो र अमर रौटेलाले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest