नेपाल पुलिसकाे दोस्रो जित

काठमाडौं मेयर कप एकदिवसिय क्रिकेट प्रतियोगतामा नेपाल पुलिसले दोस्रो जित निकालेको छ । आज भएको खेलमा पुलिसले आर्मीलाई तीन विकेटले हरायो । जारी प्रतियोगितामा आर्मीलेको यो दोस्रो हार हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ३० ओभर एक बलमा मात्र ८७ रनमा अलआउट भयो । आर्मीको घरेलु क्रिकेटमा यो नै सर्वाधिक न्यून स्कोर हो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । उसको पारी सुरुवात देखि नै लडखडाएको थियो । उसको स्कोर मात्र २५ रन बनाउँदा ६ विकेट गुमाएको छ ।

स्पिनरलाई साथ दिने पिचमा आर्मीले पाँच रनमा पहिलो विकेट गुमायो । अघिल्लो खेलमा ८० रनको आक्रामक पारी खेलेका सोमपाल कामी मात्र पाँच रनमा आउट भए । त्यसपछि हरी चौहानपनि चार रनमा आउट भएपछि आर्मीले १५ रनमा चौथो विकेट गुमायो । लगत्तै राजु रिजालपनि चार रनमा पेभेलियन फर्किएपछि उसले १५ रनमा नै दोस्रो विकेट गुमायो ।

आर्मीको स्कोर २१ रन हुँदा चौथो विकेट झर्यो । उसका राजेश पुलामी ब्यक्तिगत ६ रनमा आउट भए । लगत्तै शुकल मल्लपनि खाता नखोल्दै बाहिरीएपछि आर्मीले २१ रनमा पाँचौं विकेट खेर फाल्यो । तर उसको विकेट झर्नेक्रम यतिमा रोकिएन । उको स्कोर २५ रन हुँदा सुसन भारी मात्र एक रनमा आउट भए भने कप्तान विनोद भण्डारी तीन तथा रोहित पौडेल १३ रनमा पेभेलियन फर्किए ।

नबौं विकेटका लागि लोकेश बम र विक्रम सोबले ४१ रनको साझेदारी गर्दै टिमलाई केहि राहत दिलाएका थिए । तर विक्रम १४ रनमा आउट भएपछि आर्मीले ८४ रनमा नौं विकेट गुमायो । आर्मीका लागि लोकेश बमले सर्वाधिक ३२ रन बनाए ।

बलिङमा सागर ढकालले पाँच तथा पवन सराफले तीन विकेट लिए ।

जवाफमा पुलिसले १८ ओभर तीन बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । झिनो लक्ष्य पक्ष्याएको पुलिसले सात रनमा पहिलो विकेट गुमायो । उसका ओपनर कुशल भुर्तेल मात्र एक रनमा आउट भए ।

त्यसपछि ४८ रनमा दोस्रो विकेट गुमाएको पुलिसले ५० रनमा तेस्रो र ५४ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि ६० रनमा उसले तेस्रो विकेट गुमाउने पुग्यो । पुलिसका दिलिप नाथले १५ रन बनाए भने अनिल शा ले एक रनमात्र बनाउन सके । अमित श्रेष्ठले चार तथा दिपेन्द्रसिंह ऐरीले एक रन मात्र बनाए ।

उसका लागि सुनील धमलाले सर्वाधिक ३९ रन बनाए । यस्तै पवन सराफले अविजित २२ रन बनाए । बलिङमा आर्मीका लागि साहाब आलमले एक्लैले सात विकेट लिए । उनले नौ ओभरमा एक मेडेन राखेर ४५ रन खर्चिएर सात विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest