बागमतीले आर्मीलाई दुई सय ६७ रनको लक्ष्य

पारस खड्काको शतकिय पारीको मद्धतले बागमती प्रदेशले काठमाडौं मेयर कपमा त्रिभुवन आर्मीलाई दुई सय ६७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकोे बागमतीले ४९ ओभर चार बलमा अलआउट हुँदै दुई रन ६६ रन बनायो ।

खराव सुरुवात गरेको बागमतीले ११ रनमा दुई विकेट गुमाएको थियो । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको बागमतीका दुबै ओपनर सस्तैमा आउट भए । उसका आकाश थापा डकआउट भए भने कप्तान ज्ञानेन्द्र मल्लले मात्र ६ रन बनाए ।

तेस्रो विकेटका लागि पारस खड्का र इशान पाण्डेविच ७३ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । तर इशान २६ रनमा आउट हुँदा बागमतीले ८४ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि पृथु बास्कोटापनि ब्यक्तिगत १२ रनमा आउट भएपछि बागमतीले ९९ रनमा चौथो विकेट गुमायो ।

पाँचौं विकेटका लागि पारस र आदिन खानले ७६ रनको साझेदारी गरे । तर आदिन २१ रनमा पेभेलियन फर्किदा बागमतीको स्कोर एक सय ७५ रन थियो ।

त्यसपछि बागमतीले दुई सय आठ रन हुँदा छैटौं विकेट गुमायो । उसका पारस खड्का एक सय १९ रनमा आउट भए । जारी प्रतियोगितामा पारस शतक बनाउने दोस्रो खेलाडी बनेका छन । यस अघी प्रहरीका दीपेन्द्र सिंह ऐरीले एपिएफ बिरुद्ध सतक बनाएका थिए ।

यसका साथै पारसले घरेलु प्रतियोगितामा लामो समयपछि शतक बनाएका छन । उनले एक सय ३३ बलमा ११ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै विपिन आचार्य नौ रनमा पेभेलियन फर्किए भने सोनु देभकोटाले मात्र आठ रन बनाए । अन्तिममा नन्दन यादवले विस्फोटक ४२ रन बनाए । उनले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

बलिङमा सोमपाल कामीले पाँच विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest