बागमती बिरुद्ध विनोद भण्डारीकाे शतक

त्रिभुवन आर्मीका कप्तान विनोद भण्डारीले मेयर कप एकदिवसिय क्रिकेटमा शतक प्रहार गरेका छन ।

जारी प्रतियोगितामा विनोद शतक बनाउने तेस्रो खेलाडी हुन । यसका साथै आर्मी र बागमतीको खेलमा दुबै टिमबाट शतक प्रहार भएको छ ।

दुई सय ६७ रनको लक्ष्य पक्ष्याएउने क्रममा विनोदले उत्कृष्ट पारी खेल्न सफल भए । उनले ९८ बलमा शतक प्रहार गरे । जसमा आठ चौका र पाँच छक्का प्रहार गरे ।

टिमका लागि पाँचौं नम्वरमा ब्याटिङमा आएका विनोद क्रिजमा आउँदा आर्मी ७९ रनमा चार विकेटको अवस्थामा थियो । तर उनको शतकले आर्मी बलियो अवस्थामा पुगेको छ ।

यसअघि बागमतीका लागि पारस खड्काले पनि शतक प्रहार गरेका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest