विनोद भण्डारीको शतकका बाबजुत आर्मी बागमतीसँग पराजित

बागमती प्रदेशले मेयर कपमा जितका साथ प्रतियोगिता टुंग्याएको छ । लिग चरणको अन्तिम खेलमा आर्मीलाई १० रनले हराउँदै बागमतीले सुखद अन्त्य गर्यो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेकोे बागमतीले ४९ ओभर चार बलमा अलआउट हुँदै दुई सय ६६ रन बनायो ।

खराव सुरुवात गरेको बागमतीले ११ रनमा दुई विकेट गुमाएको थियो । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको बागमतीका दुबै ओपनर सस्तैमा आउट भए । उसका आकाश थापा डकआउट भए भने कप्तान ज्ञानेन्द्र मल्लले मात्र ६ रन बनाए ।

तेस्रो विकेटका लागि पारस खड्का र इशान पाण्डेविच ७३ रनको साझेदारी गर्दै टिमको पारी सम्हालेका थिए । तर इशान २६ रनमा आउट हुँदा बागमतीले ८४ रनमा तेस्रो विकेट गुमायो । त्यसपछि पृथु बास्कोटापनि ब्यक्तिगत १२ रनमा आउट भएपछि बागमतीले ९९ रनमा चौथो विकेट गुमायो ।

पाँचौं विकेटका लागि पारस र आदिन खानले ७६ रनको साझेदारी गरे । तर आदिन २१ रनमा पेभेलियन फर्किदा बागमतीको स्कोर एक सय ७५ रन थियो ।

त्यसपछि बागमतीले दुई सय आठ रन हुँदा छैटौं विकेट गुमायो । उसका पारस खड्का एक सय १९ रनमा आउट भए । जारी प्रतियोगितामा पारस शतक बनाउने दोस्रो खेलाडी बनेका छन । यसका साथै उनले घरेलु प्रतियोगितामा लामो समयपछि शतक बनाएका छन । उनले एक सय ३३ बलमा ११ चौका र दुई छक्का प्रहार गरे ।

यस्तै विपिन आचार्य नौ रनमा पेभेलियन फर्किए भने सोनु देभकोटाले मात्र आठ रन बनाए । अन्तिममा नन्दन यादवले विस्फोटक ४२ रन बनाए । उनले २५ बलमा पाँच चौका र एक छक्का प्रहार गरे ।

बलिङमा सोमपाल कामीले पाँच विकेट लिए ।

जवाफमा आर्मीका कप्तान विनोद भण्डारीको शतक ओझेलमा पर्यो । आर्मी ४७ ओभरमा दुई सय ५६ रनमा अलआउट भयो । उसले सुरुवात भने राम्रो गर्न सकेन । १० रनमा पहिलो विकेट गुमाएको आर्मीले ७९ रन बनाउँदा चार विकेट गुमाएको थियो ।

तर कप्तान विनोद भण्डारीले शतकीय पारी खेलेपछि आर्मीले जितको बाटो समाएको थियो । उनले रोहित पौडेलसँग अर्धशतकीय साझेदारी गरेका थिए । यस्तै करण केसीसँग ८४ रनको साझेदारी गरे ।

आर्मीका सोमपाल कामी सात रनमा आउट भए भने हरी चौहान नौ तथा कुशल मल्लले खाता खोल्न सकेनन् । यस्तै रोहित पौडेलले १५ रन बनाउँदा लोकेश बमले ४६ रनको योगदान गरे । राजेश पुलामी मात्र नौ रनमा आउट हुँदा करण केसीले २४ रन बनाए ।

आर्मीका कप्तान विनोदले एक सय १४ बलमा एक सय १९ रन बनाए । जसमा उनले आठ चौका र सात छक्का प्रहार गरे । तर अन्तिममा भण्डारी आउट भएपछि आर्मी हार्न पुग्यो । बलिङमा आरियो पौडेलले पाँच विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest