मेयर कप फाइनलमा एपीएफकाे खराव ब्याटिङ

मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले खराब शुरुवात गरेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको एपीएफका ६ जना ब्याट्सम्यान पभेलियन फर्किसकेका छन् । एपीएफका लागि शंकर राना र आशिफ शेखले ओपनिङ गरेका थिए ।

पाँच रन हुँदा राना आउट हुन पुगे । उनले पाँच बल फेस गर्दा एक चौकाको मद्दतले व्यक्तिगत चार रन नै बनाएर आउट हुन पुगे ।

त्यसपछि अर्का ओपनर आशिफ शेख पनि खाता नै नखोली आउट हुँदा कप्तान शरद भेषावकर पनि सून्य रनमै पभेलियन फर्किए ।

टिमको स्कोर ४२ रन भएका बेला भुवन कार्की आउट हुन पुगे । कार्की २६ बलमा १४ रन बनाउँदै आउट भएका हुन् ।

कार्की र सन्दीप जोराले एपीएफको पारि अघि बढाउन खोजेका बेला गुल्सन झाले कार्कीको विकेट लिएका हुन् ।

४२ रनमा चौथो विकेट खेर फालेको एपीएफले पाँचौं विकेट स्कोर ४७ हुँदा गुमाउन पुग्यो ।

पाँचौं विकेटको रुपमा सन्दीप जोरा अहिलेसम्मकै सर्वाधिक १८ रन बनाएर आउट भए । उनले ३१ बल खेल्दा एक चौका र एक छक्का प्रहार गरे । यस्तै सुमित महर्जनपनि मात्र पाँच रनमा पेभेलियन फर्किएपछि एपीएफले ६१ रनमा छैटाैं विकेट खेर फाल्याे ।

गुल्सनले अहिलेसम्म तीन विकेट लिएका छन् भने सागर ढकाल र ललित राजबंशीको नाममा एक एक विकेट रहेको छ ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ५ लाख पुरस्कार पाउँदा उप विजेताले ३ लाखमा चित्त बुझाउने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest