पुलिसले एपीएफबाट पायाे मात्र १०६ रनकाे लक्ष्य

काठमाडौं मेयर्स कप एकदिवसिय क्रिकेटको फाइनलमा एपीएफ क्लवले नेपाल पुलिस क्लवलाई मात्र एक सय ६ रनको झिनो लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २९ ओभर चार बलमा मात्र एक सय पाँच रनमा सबै विकेट गुमायो । उसका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

निकै खराव ब्याटिङ गरेको एपीएफले मात्र पाँच रनमा पहिलो विकेट गुमायो । केहि मुख्य खेलाडी चोटग्रस्त हुँदा त्यसका असर एपीएफको ब्याटिङमा देखियो ।

उसले स्कोरबोर्डमा १० रन बनाउँदा मुख्य तीन विकेट गुमाएको थियो । शंकर राना मात्र चार रनमा आउट भए भने आसिफ शेख र शरद भेषवाकरले खाता खोल्न नै सकेनन् ।

त्यसपछि भुवन कार्कीपनि ब्यक्तिगत १४ रनमा आउट हुँदा एपीएफले ४२ रनमा चौथो विकेट गुमायो । तर उसको विकेट झर्ने क्रम यतिमा रोकिएन । उसको स्कोर ४७ रन हुँदा पाँचौं विकेट गयो ।

एकपछि अर्को विकेट गुमाएको एपीएफका कुनैपनि खेलाडीविच दरिलो साझेदारी हुने सकेन । टिमको उच्च साझेदारी नै ३० रनको थियो । जु सातौं विकेटका लागि बसन्त रेग्मी र अमर रौटेलाले गरेका थिए ।

९२ रन बनाउँदा नौ विकेट गुमाएको एपीएफ अन्तिममा रनमा अलआउट भयो । एपीएफका सन्दिप जोराले १८ रन बनाए भने बसन्तले २२ तथा अमरले १८ रनको योगदान गरे ।

बाँकी सुमित महर्जनले चार, कमल ऐरीले मात्र एक रन बनाए । बलिङमा नयाँ खेलाडी गुल्सन झा तथा सागर ढकालले चार चार विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest