रासिदको उत्कृष्ट बलिङमा अफगानिस्तान ६ विकेटले विजयी

जिम्बावेविरुद्धको दोस्रो टेष्टमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । यो जितसँगै अफगानिस्तानले दुई टेष्टको सिरिजमा एक एकको बराबरी गरेको छ ।

यूएईको आबुधावीमा भएको खेलमा अफगानिस्तानले पहिलो पारीमा पाँच सय ४५ रन बनाएको थियो ।

जवाफमा जिम्बावे दुई सय ८७ रनमा मात्र अलआउट भएपछि फलोअनमा परेको थियो । जसका कारण दोस्रो पारी सुरु गरेको जिम्बावे तीन सय ६५ रनमा अलआउट भयो । जसका कारण अफगानिस्तानले एक सय आठ रनको लक्ष्य पाएको थियो ।

जुन लक्ष्यलाई अफगानिस्तानले चार विकेट गुमाउँदै पुरा गर्यो ।

जिम्बावेविरुद्धको दोस्रो पारीमा अफगानिस्तानी बलर रासिद खानले करियरकै उत्कृष्ट बलिङ गरे । उनले सात विकेट लिए । जसमा उनले ६२.५ ओभरमा १७ मेडेन राख्दै एक सय ३७ रन खर्चिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest