इंग्ल्याण्डविरुद्धको दोस्रो टी २० खेलमा भारत ७ विकेटले विजयी

कप्तान विराट कोहली र इशान कशिनको उत्कृष्ट ब्याटिङका कारण इंग्ल्याण्डविरुद्धको दोस्रो टी २० खेलमा भारत सात विकेटले विजयी भएको छ ।अहमदावादमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाउन सक्यो ।

आइतबारको खेलमा इंग्ल्याण्डका लागि जोसन रोय र जोस बटलरले ओपनिङ गरेका थिए । टिमको स्कोर बोर्डमा एक रन भएका बेला बटलर पहिलो बलमै आउट हुन पुगेका थिए ।

उनको विकेट भुवनेश्वर कुमारले लिएका थिए । त्यसपछि रोय र डेभिड मलानले इंग्ल्याण्डको पारि अघि बढाएका थिए । यी दुई खेलाडीबीच ६३ रनको साझेदारी गरेका थिए । ६४ रन भएका बेला इंग्ल्याण्डले दोस्रो विकेट गुमाएको थियो ।

इंग्ल्याण्डका मलान २४ रन बनाएर आउट भए । उनले ३२ बल खेल्दा ४ चौका प्रहार गरे । तेस्रो विकेटको रुपमा रोय आउट हुन पुगे । उनी चार रनले अर्धशतकबाट चुकेका थिए ।

३५ बल खेल्दा चार चौका र दुई छक्का प्रहार गरे । जोनी वेरिस्टो २० रन बनाएर आउट हुँदा इंग्ल्याण्डले १३.५ ओभरमा ४–११९ रन बनाएको थियो । कप्तान इयोन मोर्गन २८ रन बनाए पभेलियन फर्किन पुगे ।

उनले २० बलमा ४ चौका प्रहार गरे । पाँचौं विकेट १४२ रनमा गुमाएको इंग्ल्याण्डका लागि बेन स्टोक्स छैटौं विकेटको रुपमा २४ रन बनाएर आउट भए । उनले एक चौका प्रहार गरेका थिए । छैटौं विकेटको रुपमा १६० रन हुँदा आउट भएका थिए ।

त्यसपछि साम करन र क्रिस जोर्डनले टिमको स्कोर १६४ रन बनाए । करन ६ रन बनाउँदा जोर्डनले एक बल पनि फेस गर्न पाएनन् । भारतका लागि वासिंगटन सुन्दर सार्दुल ठाकुरले दुई दुई विकेट लिँदा भुवनेश्वर कुमार र युजबेन्द्र चहलले एक एक विकेट लिए ।

जवाफमा भारतले १७ ओभर पाँच बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसले सुरुवात भने राम्रो गर्न सकेन । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको भारतका लागि कप्तान कोहली र किशनले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

यो खेलमा भारतीय टिममा डेब्यु गरेका इशान किशनले ५६ रनको उत्कृष्ट पारी खेले । उनले ३२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे ।

भारतको स्कोर एक सय ३० रन हुँदा तेस्रो विकेट झर्यो । उसका रिसब पन्त २६ रन बनाएर आउट भए । उनले १३ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।

त्यसपछि कोहलीले ७३ रनको योगदान गरे भने श्रेयस ऐयरले ८ रन बनाए । जितसँगै भारतले सिरिजमा एक एकको बराबरी गरेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest