महिला क्रिकेटर सम्मानित

नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेशले द अरनिको ट्रफीको उपाधि विजेता टिमलाई सम्मान गरेको छ ।

प्रदेशले महिला क्रिकेट टिम डिएससीलाई ३० हजार रुपैयाँ सहित सम्मान गरेको हो । टिमलाई पूर्व नेपाली कांग्रेशका नेता गगन थापाले सम्मान गरेका हुन ।

बागमती प्रदेशका संयोजक तथा केन्द्रिय सदस्य दीपक गुरुङले खेलाडीको हकहितमा सधै लोकतान्त्रिक खेलकुद संघ रहेको र आगामी दिनमा पनि खेलाडीको सेवामा ध्यान दिने बताए ।

फागुन ६, सात र आठ गते पोखरामा भएको तीन एकदिवसय मैत्रीपुर्ण खेलमा डिएससीले तीन खेल जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest