माेर्गन १०० औं टी-२० खेल्दै

इंग्ल्याण्डका कप्तान इयोन मोर्गन आज आफ्नो १०० औँ अन्तर्राष्ट्रय टी-२० म्याच खेल्दै छन् । नरेन्द्र मोदी स्टेडियममा भारतविरूद्धकाे तेस्राे टी-२० खेल माेर्गनकाे करियरकाे १०० औँ टी–२० खेल हुनेछ ।

मोेर्गनले इंग्ल्याण्डका लागि एक सयाैं टी-२० खेल खेल्ने पहिलाे क्रिकेटर बन्ने छन । इंग्ल्याण्डका कप्तान मोर्गन १ सय वा त्यसभन्दा बढी अन्तर्राष्ट्रि टी-२० म्याच खेल्ने चौथो खेलाडी बन्ने छन् । उनीभन्दा पहिले शोएब मलिक ११६, रोहित शर्मा, १०८ र रोस टेलरले १०२ म्याच खेलेका छन् ।मोर्गन इंग्ल्याण्डका सबैभन्दा बढी अन्तर्राष्ट्रय टी-२० म्याच खेल्ने खेलाडी हुन् ।

त्यस्तै, दोस्रो स्थानमा जोस बटलर रहेका छन् । उनले आजसम्म इंग्ल्याण्डका लाग ७६ टी-२० म्याच खेलि सकेका छन् । एलेक्स हेल्स इंग्ल्याण्डका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रय टी-२० म्याच खेल्ने तेस्रो खेलाडी हुन् । उनले आजसम्म ६० म्याच खेलेका छन् । हेल्स पछिल्लो केहि समयदेखि टिमबाट बाहिर रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest