नभिद र अनवर ८ बर्षकाे प्रतिबन्धमा

यूएईका दुई क्रिकेटर मोहम्मद नभिद र सैमन अनवरलाई आठ बर्षको प्रतिबन्ध लागेको छ ।

आइसीसीको एन्टी करप्सन समितीले दुबै खेलाडीलाई आठ बर्ष क्रिकेटका कुनै गतिविधीमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो ।

दुबै खेलाडीले आइसीसीको एन्टी करप्सनको नियम उलंघन गरेको आरोप लागेको छ । उनीहरुलाई सन् २०१९ को अक्टोबर १६ बाट लागु हुने गरेर कारवाही सुनाइएको हो ।

उनीहरुले सन् २०१९ मा यूएईमा भएको टी २० विश्वकप छनौट प्रतियोगिताका बेला खेल मिलोमतो गर्न खोजेको आरोप लागेको छ ।

आइसीसीको एन्टी करप्सन प्यानलले दुबैको मौखिक र लिखित रुपमा धारणा लिँदा उनीहरु गलत भएको ठहर गरेको हो ।

आइसीसीका जनरल म्यानेजर एलेक्स मार्सलले दुबै खेलाडीले उच्च स्तरको क्रिकेटमा गलत काम गरेको ठहर एन्टी करप्सन समितीले गरेको बताए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest