भारतविरुद्धको तेस्रो टी-२० खेलमा इंग्ल्याण्ड आठ विकेटले विजयी

भारतविरुद्धको तेस्रो टी-२० खेलमा इंग्ल्याण्ड आठ विकेटले विजयी भएको छ । जितसँगै इंग्ल्याण्डले पाँच खेलमा सिरिजमा दुई एकको अग्रता बनाएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनायो । भारतको सुरुवात भने राम्रो हुन सकेन । भारतका लागि रोहित शर्मा र केएल राहुलले ओपनिङ गरेका थिए ।

चार बल फेस गरेका राहुल खाता नै नखोली आउट हुँदा भारतको स्कोर बोर्डमा ७ रन बनाएको थियो । दोस्रो विकेटको रुपमा भारतले रोहितलाई गुमाउन पुग्यो । रोहितले १७ बल फेस गर्दा दुई चौकाको मद्दतले १५ रन बनाए आउट हुन पुगेका थिए ।

२४ रन पुग्दा भारतले तेस्रो विकेटको रुपमा इशान किसनलाई गुमाएको थियो । किसनले ९ बल फेस गर्दा चार रन बनाएर पभेलियन फर्किएका थिए । त्यसपछि कप्तान विराट कोहली र ऋषभ पन्त मिलेर भारतको स्कोर ५० रन माथि कटाएका थिए ।

पन्त ११.१ ओभर हुँदा चौथो विकेटको रुपमा रन आउट हुन पुगे । ओभर थ्रो बलमा रन लिन खोज्दा पन्त रन आउटको शिकार भएका हुन् । पन्तले २० बलमा २५ रनको पारि खेले ।

पाँचौं विकेटको रुपमा श्रीयस अय्यर आउट हुन पुगे । ९ बल खेलेका एेयर ९ रन बनाएर आउट भएका थिए ।

त्यसपछि कप्तान कोहली र अलराउण्डर हार्दिक पाण्ड्या मिलेर भारतको स्कोर १०० रन कटाएका थिए । ३७ बलमा कप्तान कोहलीले अर्धशतक पुरा गरे । अर्धशतक पुरा गर्दा उनले पाँच चौका र दुई छक्का प्रहार गरे ।

यसैगरी कप्तान कोहली र पाण्ड्याले अर्धशतकीय साझेदारी गर्दै भारतको स्कोर १५० रन कटाएका थिए । कोहली ४६ बल खेल्दै ७७ रन बनाएर नटआउट रहे । विराटले आठ चौका र चार छक्का प्रहार गरे ।

पाण्ड्या १४ बलमा १७ रन बनाउँदै अन्तिम ओभरको अन्तिम बलमा आउट भए । उनले २ छक्का प्रहार गरे । इंग्ल्याण्डका लागि मार्क वुडले सर्वाधिक ३ विकेट लिँदा क्रिस जोर्डनको नाममा दुई विकेट रह्यो ।

जवाफमा इंग्ल्याण्डले १८ ओभर दुई बलमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

सुरुवात राम्रो गर्न नसकेको इंग्ल्याण्डले २३ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर जेसोन रोय मात्र नौ रनमा आउट भए । दोस्रो विकेटका लागि डेविड मालान र जोस बटरले ५८ रनको साझेदारी गर्दै टिमको आधार तयार पारे । तर मालान १८ रनमा आउट हुँदा इंग्ल्याण्डले ८१ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तर त्यसपछि जोस बट्लर र जोनी ब्रेस्टोले उत्कृष्ट साझेदारी गर्दै टिमलाई सहज जित दिलाए । जसमा बट्लरले ८३ रन बनाए । उनले ५२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । जोनीले ४० रनको योगदान गरे ।

पहिलो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो भने दोस्रो खेलमा भारतले जित निकालेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest