टी-२० बरियतामा नेपाल यथावत

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको टी २० को नयाँ बरियतामा नेपाल १५ औं स्थानमा यथावत रहेको छ ।

पछिल्लो पटक कुनैपनि टी २० अन्तराष्ट्रिय नखेलेको नेपालको बरियता अघिल्लो महिनाको जस्तै १५ औं स्थानमा नै रहेको छ । यो बरियतामा नेपाल भन्दा अगाडी एसोसियट टिम यूएई र स्कटल्याण्ड रहेका छन । यूएई १३ औं र स्कटल्याण्ड १४ औं स्थानमा छन ।

टी २० बरियतामा नेपालको उच्च स्थान ११ औं स्थानमा रहेको छ । जुन टी २० को फेरी मान्यता पाएको केहि महिनामा पुगेको थियो ।

यता खेलाडीको हकमा पनि पारस खड्का ब्याटिङमा ७० औं स्थानमा यथावत छन भने बलिङमा सन्दिप लामिछाने ८३ औं स्थानमा यथावत छन ।

विश्व बरियतामा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली शिर्ष पाँचमा उक्लिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest