पहिलाे टी-२० अफगानिस्तान ४८ रनले विजयी

जिम्बावेविरुद्धको पहिलो टी २० खेलमा अफगानिस्तान ४८ रनले विजयी भएको छ । जितसँगै अफगानिस्तानले सिरिजमा एक शुन्यको अग्रता बनाएको छ ।

आबुधाबीमा टस हारेर पहिले ब्याटिङको मौका पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९८ रन बनायो।

उसका लागि १९ वर्षीय ब्याट्सम्यान रहमानुल्लाह गुर्बाजले शानदार ब्याटिङ गरे। उनले ४७ बलमा ७ छक्का र ६ चौकासहित ८७ रन बनाए। यो उनको तेस्रो टी–२० अर्धशतक हो।

कप्तान असगर अफगानले ५५, करीम जनतले २७, राशिद खान र मोहम्मद नाबीले ७–७ रन बनाए।

बलिङमा रिचर्ड नगारावा र ब्लेसिंग मुझारबानीले २–२ तथा रायन बुर्लको नाममा एक विकेट रह्यो।

जवाफमा जिम्बावे २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५० रनमा रोकियो ।

उसका लागि तिनाशेले सर्वाधिक ४४ रन बनाए भने कप्तान सिन विलियम्स र सिकन्दर राजाले समान २२–२२ रन जोडे ।

तर अरु खेलाडी सस्तैमा आउट हुँदा जिम्बावेले हार ब्यहोर्यो । बलिङमा अफगानिस्तानका रासिद खानले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest