इक्बालले न्यूजिल्याण्डविरुद्धको टी-२० सिरिजबाट नाम फिर्ता

बंगलादेशका तमिम इक्बालले न्यूजिल्याण्डविरुद्धको टी-२० सिरिजबाट नाम फिर्ता लिएका छन । उनले ब्यक्तिगत कारणले न्यूजिल्याण्डविरुद्धको सिरिज नखेल्ने निर्णय गरेका हुन ।

बंगलादेशका लागि एकदिवसिय टिमका कप्तान समेत रहेका तमिमले आफ्नो निर्णयका बारेमा प्रशिक्षक रसेल डोमिंगोलाई जानकारी गरिसकेको बताएका छन ।

उनले न्यूजिल्याण्डविरुद्धको सिरिजका लागि छनौट अगाडी नै आफुले यो सिरिजमा नजाने भनेर जानकारी दिइसकेको बताएका छन । बंगलादेशले न्यूजिल्याण्डविरुद्धको सिरिजका लागि टिमको घोषणा गर्न भने बाँकी छ । अब उनको स्थानमा कप्तानमा महमुदुल्लाहले गर्ने भएका छन ।

बंगलादेशले न्यूजिल्याण्डसँग तीन टी २० को सिरिज खेल्नेछ । जसमा मार्च २८, ३० र अप्रिल एक तारिखमा हुनेछ ।

तमिमले बंगलादेशका लागि ७४ टी २० अन्तराष्ट्रिय खेलेका छन । उनी यो विधामा बंगलादेशका लागि धेरै रन बनाउने खेलाडीमा पर्छन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest