ईस्लामपुर कपको चौथो संस्करण चैत्र १२ बाट

“खेल क्षेत्रमा रामपुरको पहिचान, प्रवद्र्धन साथै खेलाडीहरुको उत्पादन” भन्ने नाराका साथ ईस्लामिक सक्रिय युवा समाज रामपुर ४ पाल्पाको आयोजनामा ईस्लामपुर कप प्रतियोगिता हुन लागेको हो ।

ईस्लामपुर कप प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ तथा उपविजेता टिमले ५० हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको आयोजक युवा समाजले बुधबार पत्रकार सम्मेलन गरी मिति तथा पुरस्कार राशी घोषणा गरेको हो ।

चौथो संस्करणको यस प्रतियोगिता चैत्र १२ बाट सुरु हुनेछ ।

प्रतियोगितामा भाग लिन रु ८००० को प्रवेश शुल्क राखिएको छ भने म्यान अफ द सिरिज्, म्यान अफ द म्याच, उत्कृष्ट ब्याट्सम्यान्, उत्कृष्ट बलरका लागि पनि पुरस्कार रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest