अनिलकाे शतकमा वारियर्सकाे सहज जित

अनिल शाहको आक्रामक शतकका कारण सप्तरी प्रिमियर लिगमा खड्क वारियरले जित निकालेको छ । उसले रुपानी राइडर्सलाई ८९ रनले हराएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वारियर्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ९४ रन बनायो । उसका लागि ओपनर अनिल शाहले एक सय १३ रनको पारी खेले । उनले मात्र ६४ बलमा १२ चौका र सात छक्का प्रहार गरे । यस्तै विवेक यादवले ५६ रनको योगदान गरे ।

अनिलले यो प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका हुन । उनले मंगलबार पनि उत्कृष्ट पारी खेल्दै एक सय रन बनाएका थिए ।

जवाफमा रुपानी राइडर्स १७ ओभरमा एक सय पाँच रनमा अलआउट भयो । उसका लागि फिरदोश अन्सारीले सर्वाधिक ५४ रन बनाए भने सूनील धमलाले १६ रनको योगदान गरे ।

उसका नै खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । जसमा चार जनाले खाता नै खोलेनन् । बलिङमा वारियर्सका गोमानन्द अमात्यले तीन तथा अनिल खरेल र विवेक यादवले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest