अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सार्वजनिक गरेको टी २० को नयाँ बरियतामा सन्दिप लामिछानेले एक स्थान सुधार गरेका छन ।
यसअघिको बरियतामा ८३ औं स्थानमा रहेका सन्दिप एक स्थान सुधार गर्दै ८२ औं स्थानमा पुगेका छन । उनको तीन सय ८९ रेटिङ रहेको छ ।
टी २० मा सन्दिपको उच्चतम बरियता ५८ औं स्थान रहेको छ ।
यता ब्याटिङमा पारस खड्का ७१ औं स्थानमा यथावत रहेका छन ।
टी २० को विश्व बरियतामा ब्याटिङमा इंग्ल्याण्डका डेविड मालान यथावत छन । यस्तै दोस्रो स्थानमा आरोन फिन्चपनि कायम रहेका छन ।
Discussion about this post