चितवन प्रिमियर लिगको दोस्रो संस्करण डिसेम्बरमा

चितवनमा हुने चितवन प्रिमियर लिग क्रिकेट आगामी डिसेम्बरमा हुने भएको छ । अघिल्लो बर्ष कोरोनाका कारण स्थगित भएको प्रतियोगिताको दोस्रो संस्करण डिसेम्बरमा गर्ने आयोजकले विज्ञेप्तीमा उल्लेख गरेका छन ।

पहिलो संस्करण सफल भएपनि कोरोनाका कारण दोस्रो संस्करण स्थगित भएको थियो । तर अब डिसेम्बरमा दोस्रो संस्करण गरिने भएको छ ।

यसपटक यो प्रतियोगिता गौतमबुद्ध क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

प्रतियोगिताका लागि खेलाडी अक्सनबाट नै छानिने बताइएको छ ।

आयोजकले अहिलेको अवस्थामा प्रतियोगिता डिसेम्बरमा गर्ने भनेपनि त्यो बेलासम्म कोरोनाको प्रभाव कस्तो हुन्छ भनेर पनि विचार गर्ने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest