बंगलादेशविरुद्धको तीन एकदिवसिय सिरिजमा न्यूजिल्याण्डकाे ह्याइटवास

बंगलादेशविरुद्धको तीन एकदिवसिय सिरिजमा न्यूजिल्याण्डले ह्याइटवास गरेको छ । तेस्रो तथा अन्तिम खेलमा बंगलादेशलाई एक सय ६४ रनको भारी अन्तरले हराउँदै न्यूजिल्याण्डले सिरिज क्लिन स्विप गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय १८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

उसका लागि डेभोन कनवे र ड्यारल मिचेलले शतकीय पारी खेले । सुरुवात राम्रो गर्न नसकेपछि न्यूजिल्याण्डका लागि डेभोन र ड्यारलले उत्कृष्ट साझेदारी गरे ।

जसमा डेभोनले एक सय २६ रनको योगदान गरे भने मिचेलले अविजित एक सय रन बनाए । यस्तै मार्टिन गुप्टिलले २६, तथा हेनरी निकोल्सले १८ रन बनाए । यस्तै टम लाथमले १८ रनको योगदान गरे ।

जवाफमा बंगलादेश ४२ ओभर चार बलमा मात्र एक सय ५४ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

जसमा महमुदुल्लाहले ७६ रन बनाउँदा मुस्फिकुर रहमानले २१ र लिटोन दाशले समान २१–२१ रन बनाए । उसका बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

न्यूजिल्याण्डको पारीलाई ध्वस्त पार्न माट हेनरीले चार ताथ जेम्स निसामले पाँच विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest