आईपीएलमा नयाँ नियम लागू हुने

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा नयाँ नियम लागू हुने भएका छन्।

आइपीएलको हरेक टिमले ९० मिनेटभित्र २० ओभर सक्नुपर्ने भएको छ। यसअघि ९० मिनेटबाट २०औँ ओभरको सुरुवात हुने नियम थियो।

त्यस्तै, ‘सफ्ट सिग्नल’को नियम पनि आईपीएलबाट हटाइएको छ। ‘म्याच समयलाई नियन्त्रण गर्नको लागि प्रत्येक इनिङको २० ओभर ९० मिनेटभित्र सक्नुपर्दछ। पहिले २०औँ ओभर ९० मिनेट वा सोभन्दा अगाडि सुरु हुने नियम थियो। आईपीएलमा कम्तिमा ११–१४ ओभर रेट प्राप्त गर्नुपर्ने जरुरी छ।’ बीसीसीआईले फ्रेन्चाइजी टिमलाई पठाएको मेलमा उल्लेख गरिएको छ, ‘कुनै बाधा बिना सम्पन्न हुने म्याचको लागि यस्तो ओभर रेट तय गरिएको हो। यसको अर्थ एक इनिङको २० ओभर ९० मिनेटमा सक्नुपर्ने हुन्छ। जसमा ८५ मिनेट म्याच खेल्नेको समय र ५ मिनेट टाइम आउटको लागि निर्धारण गरिएको छ।’

९० मिनेटको निर्धारित समयअनुसार अब हरेक ओभरको समय ४ मिनेट १५ सेकेन्ड हुनेछ। यदि म्याच २० ओभरभन्दा चाँडै सकिन्छ भने त्यसलाईप्रति ओभर ४ मिनेट १५ सेकेन्डको हिसाबले जोडिन्छ। यदि कुनै टिमले तोकिएको समयभन्दा धेरै समय लिएको खण्डमा अम्पायरले उक्त टिमलाई चेतावनी दिनेछन्।

त्यसको अलावा म्याच फी तथा भत्ताबाट जरिवाना अशुल गर्ने प्राबधान रहेको छ। सफ्ट सिग्नलको नियम हटाउँदै अब निर्णय पूर्णरुपमा थर्ड अम्पायरले लिनेछन्। आईपीएलमा यस पटक पनि आठ टोली सहभागी हुँदैछन्। जसमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली क्यापिटल्स, पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद रहेका छन्।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएलमा नयाँ नियम लागू गरेको हो। विश्वचर्चित आईपीएलको १४औँ सिजन ९ अप्रिलदेखि सुरु हुँदैछ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest