अष्ट्रेलियन पूर्व कप्तान स्टिभ स्मिथले दोस्रो पटक टिमको कप्तानी गर्न तयार रहेको बताएका छन ।
सन् २०१८ मा दक्षिण अफ्रिकाको केप टाउनमा बल टेम्परिङका कारण प्रतिबन्धमा परेपछि कप्तानी पनि गुमाएका स्मिथ अहिले खेलाडीका रुपमा टिममा खेलिरहेका छन । तर उनले आफु फेरी टिमको कप्तान हुन तयार रहेको बताएका छन ।
तर लामो समयसम्म कप्तानीका बारेमा मौन बसेका उनले यसपटक भने खुलेर बोलेका छन । उनले पत्रकार सम्मेलनमा यदि आफुलाई कप्तानी गर्ने मौका आएको खण्डमा आफु त्यो अवसरलाई आत्मसाथ गर्ने बताए ।
पछिल्लो पटक अष्ट्रेलियाको कप्तानीका लागि धेरैको दावेदारीता रहेको छ । तर सफल खेलाडी मानिने स्मिथले देखाएको चाहनाले टिममा नयाँ रौनक भने अवश्य थपेको छ ।
Discussion about this post