हाइ पर्फमेन्स क्रिकेट क्लिनिक कार्यक्रम स्थगित

नेपाल क्रिकेट संघले हाइ पर्फमेन्स क्रिकेट क्लिनिक कार्यक्रम स्थगित गरेको छ ।

क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।

क्यानले नेपालमा आयोजना हुने त्रिदेशीय क्रिकेट सिरिजको कारण क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद ९राखेप० सँगको सहकार्यमा आयोजना क्यानले क्रिकेट क्लिनिक सुरु गरेको थियो ।

क्यानले प्रदेश(१ मा क्रिकेट क्लिनिक सम्पन्न गरिसकेको थियो ।

क्रिकेट क्लिनिकमा सहभागीलाई राष्ट्रिय टिमका मुख्य प्रशिक्षक देभ वाटमोरले प्रशिक्षण दिने तालिका रहेको थियो ।

तर, राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि प्रशिक्षक वाटमोर राजधानी फर्किनु पर्ने भएपछि क्यानले क्रिकेट क्लिनिक स्थगित गरेको हो ।

क्यानले सिरिज सकिएपछि क्रिकेट क्लिनिक सुरु गर्ने जनाएको छ ।

त्रिदेशीय सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

टियु क्रिकेट मैदानमा हुने सिरिज बैशाख ४ देखि ११ गतेसम्म ९अप्रिल १७(२४० हुनेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest