दिल्लीकाे कप्तानी पन्तले गर्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने भएका छन् ।

कप्तान श्रेयस अयरले चोट बोक्दै आईपीएल गुमाउने भएपछि दिल्लीको कप्तानी ऋषभले गर्ने भएका हुन् ।

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज दौरान श्रेयसले चोट बोकेका थिए । काँधको चोट बोकेका उनले आईपीएलको यस सिजन गुमाउने छन् ।

१४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।

चेन्नईमा हुने उद्घाटन खेलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्ने छन् ।

आईपीएलका लागि अक्सन सम्पन्न भईसकेको छ ।

कोरोनाको महामारी बाबजुत १३ औं संस्करणको आईपीएल भने युएईमा आयोजना भएको थियो ।

फाइनलमा दिल्लीलाई हराएर मुम्बईले उपाधि जितेको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest