मेयर कपका लागि सुदुरपश्चिम टिमकाे सार्वजनिक

ललितपुर मेयर कप महिला च्याम्पियनसिपका लागि सुदुरपश्चिम प्रदेशले टिमको घोषणा गरेको छ । रितु कनोजियाको कप्तानीमा सुदुरपश्चिमले १४ सदस्सिय टिमको घोषणा गरेको हो ।

शनिबारबाट हुने प्रतियोगिताका लागि सुदुरपश्चिम प्रदेशले कप्तान परिवर्तन गरेको छ । पीएम कप महिला क्रिकेट प्रतियोगितामा सुदुरको कप्तानी विन्दु रावलले गरेकी थिइन । तर मेयर कपका लागि कनोजियालाई कप्तानीको जिम्मेवारी दिएको छ ।

टिमका बाँकी खेलाडी भने पीएम कप खेलेका नै रहेका छन । प्रतियोगितामा सुदुरले पहिलो खेलमा शनिबार ललितपुर मेयर ११ सँग खेल्नेछ । दोस्रो खेलमा आइतबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै चैत २४ गते प्रदेश एक र २५ गते लुम्बिनी प्रदेशसँग भिड्नेछ ।

पीएम कप महिलाको सेमिफाइनलमा पुगेका हिसावले सुदुरले यो प्रतियोगितामा स्थान बनाएको हो । सो बेला सेमिफाइनलमा सुदुर टिम नौ विकेटले पराजित भएको थियो ।

सुदुरपश्चिम टिम

ऋतु कनोजिया (कप्तान), रुवि पोदार (उप कप्तान), कविता सुनिता लोहार, दिव्या कार्की, सम्झना खड्का, दीपा जोरा, लक्ष्मी साउँद, जोशी, कविता कुवँर, डली भट्ट, विन्दु रावल, रेवती धामी, मञ्जु बोगटी र स्नेहा महरा

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest