बलियाे नेपाल कपकाे खेल तालिका सार्वजनिक

शनिबारबाट सुरु हुने बलियो नेपाल कपको खेल तालिका सार्वजनिक भएको छ ।

दाङको लमही क्रिकेट मैदानमा हुने प्रतियोगिता उद्घाटन खेलमा प्युठान र दाङ ११ विच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन । जसमा दोस्रो खेलमा नवलपरासी ११ र पाल्पा ११ विच प्रतिस्पर्धा हुनेछ ।

चैत २८ गतेसम्म चल्ने प्रतियोगितामा लम्बिनी प्रदेशका १२ टिमको सहभागिता रहेको छ ।

क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको फाइनल चैत २८ गते हुनेछ ।

यो प्रतियोगितामा उत्कृष्ट खेल्ने युवा खेलाडीलाई विशेष कार्यक्रममा राखिने भएको छ । प्रतियोगिताका लागि ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइसकेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest