क्रिकेटमा एक टिममा २२ खेलाडी राख्न पाइने

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले अन्तराष्ट्रिय प्रतियोगितामा हरेक टिममा २२ खेलाडी समावेश गर्न पाउने नियम बनाएको छ ।

आइसीसीको विहिबार बसेको बैठकले ठूला प्रतियोगितामा एक टिमले २२ खेलाडीलाई समावेश गर्न पाउने नियम बनाएको हो ।

आइसीसीले यसअघि एक टिममा १५ खेलाडीलाई राख्न पाउने नियम थियो । तर कोरोनाका कारण आइपर्ने आपतकालिन समस्यालाई मध्यनजर गरेर आइसीसीले टिममा सात जना खेलाडीलाई थप्न पाउने बताएको छ ।

आइसीसीको नयाँ नियम अनुसार अब हरेक टिममा कुल सदस्य संख्या ३० जनाका हुनेछ । त्यसमा प्रशिक्षक, म्यानेजर, फिजियो लगायत गरेर कुल आठ जना अफिसियल हुनेछन ।

यसका साथै आइसीसीले सदस्य राष्ट्रको सहयोगका लागि ५० लाख अमेरीकी डलरको कोष स्थापना गरेको छ । त्यो कोषले विभिन्न सदस्य राष्ट्रलाई आपतकालिन अवस्थामा सहयोग गर्न सक्ने बताइएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest