डीआरएसकाे नियम परिवर्तन

भारत र इंग्ल्याण्डबीचको सिरिजमा डीआरएसका लागि अम्पायर्स कलका विषयमा धेरै सवालहरु उठेका थिए ।

भारतीय टिमका कप्तान विराट कोहलीले पनि यो विषयमा सवाल उठाएका थिए ।

आईसीसीले अब डीआरएस नियममा केही कुरा परिवर्तन गरेको छ तर अम्पायर्स कललाई भने कायमै राखेको छ ।

डीआरएस जस्तै थर्ड अम्पाएरले पनि केही अधिकार पाएका छन् ।

अनिल कुम्बलेको नेतृत्वमा रहेको आईसीसी क्रिकेट बोर्ड र क्रिकेट कमिटीले अम्पायर कललाई कायमै राखेको हो ।

कुम्बलेले यो नियमले ठूलो गल्तीलाई सच्याउने मौकाको रुपमा बताएका छन् ।

डीआरएस र थर्ड अम्पायरको निर्णयमा तीन वटा कुरा परिवर्तन भएका छन् ।

विकेट जोनको उचाई बढाएर स्टम्प भन्दा माथि बनाइएको छ । यसले अम्पायर्स कलले विकेटको उचाई र चौडाई दुवै एक हुने छ ।

यसैगरी एलबीडब्ल्यूमा रिभ्यु लिनुभन्दा पहिला अम्पायर खेलाडीसँग परामर्श गर्न पाउने छ ।

त्यसैगरी थर्ड अम्पायरले कुनै पनि शर्ट रनको जाँच गरेर फैसला दिन पाउने छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest