कञ्चनकाे अर्धशतक

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा मेयर ११ टिमकी कञ्चन श्रेष्ठले अर्धशतक बनाएकी छिन ।

जारी प्रतियोगितामा कञ्चन अर्धशतक बनाउने दोस्रो खेलाडी बनेकी छिन ।

शुदुरपश्चिमविरुद्धको खेलमा कञ्चनले ४९ बलमा ६ चौकाको मद्दतले अर्धशतक बनाइन । मेयर ११ को स्कोर ६ रनमा एक विकेटको अवस्थामा क्रिजमा आएकी उनले टिमका लागि बलियो प्रदर्शन गरिन । उनले सुमन खतिवाडा, अस्मिता कर्माचार्यसँग राम्रो साझेदारी गरेकी थिइन ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest