मेयर ११ ले सुदुरपश्चिम प्रदेशलाई एक सय आठ रनको लक्ष्य दियाे

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा मेयर ११ ले सुदुरपश्चिम प्रदेशलाई एक सय आठ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेयर ११ ले कञ्चन श्रेष्ठको अर्धशतकमा २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय सात रन बनायो । खराव सुरुवात गरेको उसले मात्र ६ रनमा पहिलो विकेट गुमाएको थियो ।

उसका ओपनर शोभा आले मात्र एक रनमा आउट भइन । यस्तै अनुराधा चौधरीपनि ब्यक्तिगत चार रनमा आउट भएपछि मेयर ११ ले २२ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएकी विन्दा कटवालले खाता खोल्न नपाउँदै पेभेलियन फर्किए मेयर ११ दबावमा परेको थियो ।

तर कञ्चन र सुमन खतिवडाले टिमलाई सम्हाल्ने प्रयास गरेकी थिइन । जसमा सुमन १६ रनमा आउट भइन । त्यसपछि अस्मिता कर्माचार्य र कञ्चनले पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गरिन । उनीहरुले पाँचौ विकेटका लागि ६२ रनको साझेदारी गरे ।

तर अस्मिता ब्यक्तिगत १३ रनमा आउट हुँदा मेयर ११ ले एक सय सात रनमा पाँचौं विकेट गुमायो । उसका लागि कञ्चनले अविजीत ६३ रन बनाइन । जसमा ५६ बलमा आठ चौका प्रहार गरिन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest