सुदुरपश्चिम सात विकेटले विजयी

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिमले मेयर ११ लाई सात विकेटले हराएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेयर ११ ले कञ्चन श्रेष्ठको अर्धशतकमा २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय सात रन बनायो । खराव सुरुवात गरेको उसले मात्र ६ रनमा पहिलो विकेट गुमाएको थियो ।

उसका ओपनर शोभा आले मात्र एक रनमा आउट भइन । यस्तै अनुराधा चौधरीपनि ब्यक्तिगत चार रनमा आउट भएपछि मेयर ११ ले २२ रनमा दोस्रो विकेट गुमायो । त्यसपछि क्रिजमा आएकी विन्दा कटवालले खाता खोल्न नपाउँदै पेभेलियन फर्किए मेयर ११ दबावमा परेको थियो । तर कञ्चन र सुमन खतिवडाले टिमलाई सम्हाल्ने प्रयास गरेकी थिइन । जसमा सुमन १६ रनमा आउट भइन ।

त्यसपछि अस्मिता कर्माचार्य र कञ्चनले पाँचौं विकेटका लागि अर्धशतकीय साझेदारी गरिन । उनीहरुले पाँचौ विकेटका लागि ६२ रनको साझेदारी गरे । तर अस्मिता ब्यक्तिगत १३ रनमा आउट हुँदा मेयर ११ ले एक सय सात रनमा पाँचौं विकेट गुमायो । उसका लागि कञ्चनले अविजीत ६३ रन बनाइन । जसमा ५६ बलमा आठ चौका प्रहार गरिन ।

जवाफमा सुदुरपश्चिमले १९ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । बलियो सुरुवात गरेको सुदुरका लागि मञ्जु बोगटी र रेवती धामीले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए । जसमा रेवती १८ रनमा आउट भइन ।

त्यसपछि कविता कुवँरपनि नौ रनमा पेभेलियन फर्किएपछि सुदुरपश्चिमले ७४ रनमा दोस्रो विकेट गुमायो । लगत्तै मञ्जु बोगटीपनि ब्यक्तिगत ४१ रनमा आउट हुन पुगिन । जसका कारण सुदुरले ७६ रनमा तेस्रो विकेट गुमायो ।

अन्तिममा डोली भट्टले अविजीत २२ तथा कविता जोशीले १० रन बनाउँदै सुदुरलाई जित दिलाइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest