बलियाे कप नेपालमा दाङ र पाल्पा विजयी

बलियो नेपाल कप यू १६ क्रिकेट प्रतियोगितामा पाल्पा ११ र दाङ ११ विजयी भएका छन । आज भएको खेलमा दाङ ११ ले प्युठान ११ लाई एक सय २६ रनको भारी अन्तरले हरायो भने पाल्पाले नवलपरासीलाई ८ विकेटले हरायो ।

भैरहवा स्थित सिदार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा पहिले ब्याटिङ गरेको दाङले निर्धारीत २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७६ रन बनायो । उसका लागि आशिष ओलीले उत्कृष्ट ६८ रनको पारी खेले । उनले ५९ बलमा ११ चौका प्रहार गरे ।

यस्तै प्रभाकर कुँवरले २५ तथा रोहित डागीले २१ रनको योगदान गरे भने अभिषेक चौधरीले १६ रन थपे । बलिङमा प्युठानका अभिनाष सापकोटाले तीन विकेट लिए ।

जवाफमा प्युठान ११ ओभर पाँच बलमा मात्र ५० रनमा अलआउट भयो । उसका सुजन पुन मगरले मात्र दोहोरो अंक जोड्न सकेन । उनले १० रन बनाए । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए । उसलाई कम स्कोरमा रोक्नका लागि सुजल अलीले चार तथा आशिष ओलीले तीन विकेट लिए ।

अर्को खेलमा पहिले ब्याटिङ गरेको नवलपरासी १९ ओभर पाँच बलमा ९६ रनमा अलआउट भयो । उसका लागि विष्णुहरी थापामगरले सर्वाधिक ३५ रन बनाए भने नुर आलम अन्सारीले १३ रन जोडे । बाँकी खेलाडीले खासै राम्रो ब्याटिङ गर्न सकेनन् । बलिङमा पाल्पालका सुदिप डीसी र नरेश शुर्यबंशीले चार चार विकेट लिए ।

जवाफमा पाल्पाले ११ ओभर पाँच बलमा दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । पाल्पाको जितमा रुपेशले ४६ रन बनाए ।

क्विन्स इभेन्ट्सको आयोजना र बलियो न्यूट्रेसनको सहयोगमा नेपालमा पहिलो पटक यू १६ क्रिकेट प्रतियोगिता सुरु भएको हो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest