एपीएफकाे लगातार दाेस्राे जित

उपाधिको प्रबल दावेदार एपीएफ क्लवले मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ३७ रनले हरायो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा मात्र २ विकेट गुमाएर एक सय २७ रन बनायो । एपीएफका लागि ज्योति पाण्डेले उत्कृष्ट ब्याटिङ गरिन । उनले टिमकालागि ५९ रनको अर्शतकीय पारी खेलिन् ।

यस्तै सरिता मगरले अविजित ३५ रनकाे याेगदान गरिन भने इन्दु बर्मा ४ रनमा अविजित रहिन् । कप्तान सरिता राना मगर १६ रनमा आउट भईन् ।

बलियो सुरुवात गरेको एपीएफले पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । उसकी ओपनर सिता रानामगर १६ रनमा आउट भएपछि एपीएफले पहिलो विकेट गुमायो ।

दोस्रो विकेटका लागि पनि सरिता मगर र ज्योती पाण्डेले ५२ रनको साझेदारी गर्दै टिमलाई बलियो लक्ष्य दिन सफल बनाए ।

सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १-१ विकेट लिईन् ।

जवाफमा सुदुरपश्चिम १९ ओभरमा ९० रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेन । उसका लागि सुनिता लुहरले सर्वाधिक २३ रन बनाए भने डोली भट्टले १६ तथा रेवती धामीले १२ रन बनाइन । बाँकी खेलाडी सस्तैमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest