बसन्त र शरदले टी-२० सिरिज नखेल्ने

नेपाली क्रिकेट टिमका महत्वपुर्ण तथा अनुभवी खेलाडी शरद भेषवाकरले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी २० सिरिज गुमाउने भएका छन ।

शरद यसअघि कीर्तिपुरमा भएको एकदिवसिय त्रिकोणात्मक सिरिजका बेलापनि घाइते भएपछि एक खेल भन्दा बढि खेल्न सकेका थिएनन् । तर पछिल्लो पटक उनले पीएम कप, मेयर कप क्रिकेट खेलेका थिए ।

क्यानले आइतबार २० खेलाडीको बन्द प्रशिक्षणको सूची सार्वजनिक गर्दा शरद र बसन्तलाई आराम दिएको छ ।

यस्तै बसन्त रेग्मीलाई पनि यो सिरिजका लागि टिममा राखिएको छैन । जसका कारण उनले यो सिरिज गुमाउने भएका छन । पछिल्लो दुई बर्षदेखि राष्ट्रिय टिमबाट बाहिर रहेका बसन्तलाई यसअघि ओमानमा हुने त्रिकोणात्मक सिरिजका बेला क्याम्पमा बोलाइएको थियो । तर फेरी उनलाई क्याम्पबाट बाहिर राखिएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest