मेयर ११ द्वारा लुम्बिनी २७ रनले पराजित

ललितपुर मेयर कप महिला टी २० प्रतियोगितामा मेयर ११ टिमले पहिलो जित निकालेको छ । आज भएको खेलमा मेयर ११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हरायो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मेयर ११ ले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४४ रन बनायो ।

२३ रनमा पहिलो विकेट गुमाएको मेयर ११ ले २६ रन बनाउँदा तीन विकेट खेर फाल्यो । उसको स्कोर ३६ रन हुँदा पाँच विकेट झरेको थियो ।

तर छैटौं विकेटका लागि सुमन खतिवडा र अस्मिना कर्माचार्यले एक सय आठ रनको साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पुर्याए ।

जसमा सुमनले आक्रामक ७७ रन बनाइन । उनले ५२ बलमा नौ चौका र दुई छक्का प्रहार गरिन । यस्तै अस्मिनाले २० रन बनाइन ।

बलिङमा लुम्निबीका लागि सुस्मिता भुषाल, स्वस्तिका बजगाई, क्रितिका मरासिनी सरस्वती पुनले एक एक विकेट लिए ।

जवाफमा लुम्बिनी क्लव २० ओभरमा पाँच विकेट गुमाउँदा एक सय १७ रन बनाउन सक्यो ।

कमजोर सुरुवात गरेको लुम्बिनीले १७ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लक्ष्मी चौधरी मात्र एक रनमा आउट भइन । त्यसपछि नितु भण्डारी ब्यक्तिगत २० रनमा पेभेलियन फर्किएपछि लुम्बिनीले ५६ रनमा दोस्रो विकेट खेर फाल्यो ।

तेस्रो विकेटका लागि नेरी थापा र सरस्वती गंगा मगरले ४८ रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर नेरी २० रनमा आउट भएपछि लुम्बिनीले एक सय चार रनमा तेस्रो विकेट खेर फाल्यो ।

उसका लागि सरस्वती पुनले मात्र तीन रन बनाइन भने बर्षा राना एक रनमा आउट भइन । यस्तै सरस्वती गंगा मगरले ४६ रनको योगदान गरिन । जारी प्रतियोगितामा मेयर ११ को दुई खेलमा पहिलो जित हो भने लुम्बिनी पहिलो खेलमा नै पराजित भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest