शादब खानले दक्षिण अफ्रीकाविरुद्धको बाँकी खेल गुमाउने

पाकिस्तानका अलराउण्डर शादब खानले दक्षिण अफ्रीकाविरुद्धको बाँकी खेल गुमाउने भएका छन् ।

चोटका कारण खानले भ्रमणका बाँकी खेल नखेल्ने भएका हुन् । उनले देब्रे खुट्टाको बूढी औलाको चोट बोकेको बताईइएको छ ।

दक्षिण अफ्रीकाविरुद्धको दोस्रो एकदिवसीय दौरान २२ वर्षीय अलराउण्डरले चोट बोकेका हुन् ।

बाँकी खेल गुमाउने भएपछि शादब पाकिस्तान समेत फर्किसकेका छन् ।

पाकिस्तानले घरेलु टिमसँग अब एक एकदिवसीय खेल खेल्न बाँकी रहेको छ ।

त्यसपछि टी-ट्वान्टी सिरिज खेल्नेछ ।

यस्तै शादबले जिम्बावेको भ्रमण समेत गुमाउने छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest