क्यान क्रिकेट विकाश ग्लाेबल अवार्डकाे मनाेनयनमा

नेपाल क्रिकेट संघले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको महत्वपुर्ण अवार्डका लागि मनोनयनमा परेको छ । कोभिडका बेलापनि क्रिकेट विकाशका लागि लिएको पहलकदमीलाई आइसीसीले सम्मान गर्दै आइसीसी डिभेलपमेन्ट इनिसियटिभ अफ दी इयर को एशियाको विजेता बनाएको छ ।

नेपालसँगै नामिविया, अर्जेन्टिना, भानुआटु र इटलीलाई पनि यो टाइटल दिएको छ । एसोसियट क्रिकेटमा नेपाल एशिया क्षेत्रबाट विजेता भएको हो । २०२० मा क्रिकेट विकाशमा गरेको कदमलाई आइसीसीले सम्मान गरेको हो ।

क्षेत्रीय विजेता भएपनि अब नेपालसँगै अर्जेन्टिना, नामिविया, भानुआटु र इटली आइसीसीको ग्लोबल अवार्डका लागि छनोट भएका छन । जसबाट आइसीसीले अप्रिल २० तारिखमा चार जना विजेताको नाम सार्वजनिक गर्नेछ ।

कोभिडका कारण भएको लकडाउन सकिएसँगै नेपालमा क्रिकेट गतिविधी एकपछि अर्को गरेर फर्किएका थिए । यस्तैमा क्यानले घरेलु प्रतियोगिता पीएम कप, मेयर कप गरेको थियो । जसमा दुई हजार महिला र १९ सय पुरुष खेलाडी समावेश भएको बताइएको छ ।
यसका साथै क्यानले क्रिकेटमा नयाँ प्रायोजक र ब्रोडकास्टर्सलाई पनि ल्याएको भन्दै आइसीसीले प्रशंसा गरेको छ ।

कोरोनाका कारण सबै ठप्प हुँदा निकै आलोचित भएको क्यानले विस्तारै सबै कुरा सामान्य हुँदा सुरुवातमा महिला तर्फको पीएम कप गरेको थियो भने त्यसपछि पुरुष तर्फको प्रतियोगिता गरेको थियो ।

त्यसपछि क्यानले पुरुषको मेयर कप गर्दा अहिले महिला तर्फको गरिरहेको छ । यस्तैमा बैशाखको पहिलो साताबाट त्रिदेशीय क्रिकेट प्रतियोगिता पनि गर्दैछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest