प्रदेश एककाे दाेस्राे हार

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि विजेता प्रदेश एकले मेयर कप टी २० क्रिकेटमा भने दोस्रो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा प्रदेश एक सुदुरपश्चिम प्रदेशसँग ४० रनले पराजित भयो ।

कीर्तिपुर स्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको सुदुरले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसकी मन्जु बोकटी शुन्य रनमा नै आउट भइन ।

तर दोस्रो विकेटका लागि रेवती धोमी र विन्दु रावलले ७४ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । जसमा रेवतीले ३० रन बनाइन ।

त्यसपछि तेस्रो विकेटका लागि विन्दु र कविता जोशीले ३७ रनको साझेदारी गरिन । जसमा विन्दुले अर्धशतकीय पारी खेलिन । उनले ५८ बलमा ५२ रनको योगदान गरिन । जसमा उनले चार चौका प्रहार गरिन ।

अन्तिममा कविताले २१ रन बनाइने भने डोली भट्टले आठ रन बनाइन । बलिङमा सबनम राईले दुई विकेट लिइन ।

जवाफमा प्रदेश एक १८ ओभर पाँच बलमा ८९ रनमा अलआउट भयो । मध्यम सुरुवात गरेको प्रदेश एकले १७ रनमा पहिलो विकेट गुमाएको थियो भने ४२ रनमा दोस्रो विकेट खेर फालेको थियो । तर उसको स्कोरबोर्डमा ६२ रन हुँदा पाँच विकेट झरेको थियो ।

प्रदेश एककी काजल श्रेष्ठ मात्र चार रनमा आउट भइन भने रुविना क्षेत्रीले २७ रन बनाइन । यस्तै अप्सरी बेगमले २२ रनको योगदान गर्दा रोमा थापा पाँच रनमा पेभेलियन फर्किइन ।

यस्तै लकिता राजवंशीले खाता खोल्न सकिनन् । संगिता राईपनि १३ रनमा आउट भइन । यस्तै सबनम राईले खाता खोल्न सकिनन् ।

एकपछि अर्को विकेट गुमाएको प्रदेश एकले ८९ रन बनाउँदा नौ विकेट गुमाएको थियो ।

बलिङमा सुदुरपश्चिमका लागि लक्ष्मी साउदले चार तथा कविता जोशी र कविता कुँवरले दुई दुई विकेट लिइन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest