मुम्बईले बैंग्लोरलाई १६० रनको लक्ष्य

इन्डियन प्रिमियर लिग २०२१ को उद्घाटन खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेञ्जर्स बैंग्लोरलाई १६० रनको लक्ष्य दिएको छ ।

चेन्नेईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतीमा १५९ रन बनाएको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले १९ रन बनाए भने यो सिजनमा मुम्बईबाट डेब्यु गरेका क्रिस लिनले ४९ रन बनाए । उनले ३५ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यस्तै सुर्यकुमार यादवले ३१ रन बनाउँदा हार्दिक पाण्ड्याले १३ रन बनाए ।

इशान किसनले २८ रन बनाउँदा पोलार्ड र कुर्नाल पाण्डेले समान ७ रन बनाए भने , मार्को ज्यानशन र राहुल चहारले कुनै रन बनाउन सकेनन् । जशप्रित ब्रुम्।राहले नटआउट १ रन बनाए ।

बलिङतर्फ हर्ष पटेलले ५ तथा वाशिङटन सुन्दर र केइल जेम्निशनले एक एक विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest